
बैंकिङ खबर / सहकारी संस्था नेपालमा मात्रै सीमित छैनन्। विश्वका विभिन्न देशमा सहकारीलाई आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गरिँदै आएको छ ।
भारत, जापान, दक्षिण कोरिया, मलेसिया, अमेरिका तथा युरोपका विभिन्न देशमा कृषि, वित्त, उपभोक्ता, आवास, स्वास्थ्य र उत्पादनलगायतका क्षेत्रमा सहकारी सञ्चालनमा छन्। अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) का अनुसार विश्वभर करिब ३० लाख सहकारी संस्था सञ्चालनमा छन् र १ अर्बभन्दा बढी मानिस सहकारीसँग आबद्ध छन् ।
नेपालमा भने बचत तथा ऋण सहकारीको संख्या उल्लेख्य छ। अन्य देशमा पनि वित्तीय सहकारीको अभ्यास रहे पनि सहकारीको नियमन, कार्यक्षेत्र र सञ्चालन प्रणाली देशअनुसार फरक रहेको पाइन्छ ।
यसले सहकारी नेपालको मात्र अभ्यास नभई विश्वभर प्रयोग भइरहेको सदस्य-केन्द्रित आर्थिक संगठनको एउटा स्थापित मोडल भएको देखाउँछ ।