Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ज्योति विकास बैंकले पनि पायो आस्वा प्रणालीको स्वीकृति

२०७३ पुष २८ गते

ज्योति विकास बैंकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणाली मार्फत सार्वजनिक निष्काशन (आइपिओ) तथा पुनः निश्काशन (एफपिओ) को सुविधा दिने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । 

यससँगै, अब बैंकमा गएर सेयर लगानीकर्ताले फारम भरेपछि सेयर माग गरे बराबरको रकम खातामा रोक्का हुने भएको छ । सो अवधिमा पनि डिपोजिट रकमको ब्याज भने आइरहने बैंकले जनाएको छ ।  बैंकका अनुसार, सेयर लगानीकर्ताले भरेको उक्त फारम बैंकले मर्चेण्ट बैंकलाई पठाउनेछ । खाताबाट सेयर माग गरेको रकम मात्रै रोक्का राखिने बताइएको छ । पछि सेयर परेको रकम खाताबाट कटौति भई बाँकी रकम खातामा नै रहिरहने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार, उक्त रकम बाहेक ग्राहकको खाता नियमित सञ्चालन हुने अर्थात बाँकी रकम निकाल्न तथा राख्न सकिनेछ । 

नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेदेखि लागू गर्न लागेको आस्वा प्रणालीमार्फत सेयरमा लगानी गर्ने ज्योति विकास बैंकका निक्षेपकर्ताहरुले ज्योति विकास बैंककै खातामा जम्मा रहेको रकमबाट सार्वजनिक निष्काशन गरिएको सेयरमा लगानी गर्न सक्नेछन् । यो सुविधा ज्योति विकास बैंकमा देश भरी रहेका २९ वटा र निकट भविष्यमा संचालन हुन गई रहेका शाखाहरुबाट प्रदान गरिने बताइएको छ ।