Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको रोहबरमा लघुवित्त ऋणीसँग वार्ता !

२०८३ श्रावण १४ गते

बैंकिङ खबर / अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको रोहबरमा आन्दोलनरत लघुवित्त पीडित (कर्जा दुरुपयोग गर्ने ऋणीहरु) सँग वार्ता सुरु हुने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै वार्ताका लागि समिति गठन गरेका छन्।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्। समितिको सदस्य सचिव अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन्।

समितिको पहिलो बैठक आज अर्थ मन्त्रालयमा बस्दै छ। सोही बैठकपछि आन्दोलनरत (कर्जा दुरुपयोग गर्ने ऋणीहरु) लघुवित्त पीडितसँग औपचारिक वार्ता सुरु गरिनेछ। अर्थमन्त्री वाग्लेले समितिलाई आजैदेखि वार्ता प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।