Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारी कारोबार गर्ने बैंकहरुलाई राष्ट्र बैंकले गर्यो यस्तो अनुरोध

२०७३ पुष २८ गते

नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने बैंकहरुलाई शुक्रबार पनि पुरै दिन राजस्व बुझ्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । शुक्रबार बैंकहरुले आधा दिन अर्थात दुई बजेसम्म मात्रै सेवा दिने गरेकोमा यो पटकको शुक्रबार (पुस २९ गते) चार बजेसम्म सञ्चालन गर्न राष्ट्र बैंकले सूचित गरेको हो ।

पुस महिना आयकर तर्फको प्रथम किस्ताको रकम बुझाउने महिना भएकाले राष्ट्र बैंकले यस्तो अनुरोध गरेको जनाएको छ । राजस्व बुझ्ने बैंकहरुलाई मात्र यो सूचना लागू हुनेछ ।