Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ : पहिलो दिनमै सवा तीन अर्बको आवेदन

admin २०७३ पुष २८ गते
सेयर:

नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा पहिलो दिनमै सवा तीन अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । बुधबार २१ हजार लगानीकर्ताबाट तीन अर्ब २५ करोड रूपैयाँभन्दा बढीको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । 

यो एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार नौ सय ६० कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड ७५ लाख रूपैयाँ रहेको छ । एफपीओ बाँडफाँटपछि चुक्ता पुँजी दुई अर्ब ४७ करोड ७१ लाख ४२ हजार नौ सय रूपैयाँ पुग्नेछ ।

कम्पनीले बुधबार (पुस २७ गते)देखि ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ विक्री खुला गरेको हो । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफलाई प्रति कित्ता १४२५ रुपैयाँमा एफपिओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १३२५ रुपैयाँ प्रिमियम थपेर एफपिओ निष्काशन गरेको हो ।  

छिटोमा माघ २ र ढिलोमा माघ १२ गतेसम्म विक्री खुला रहने एफपिओमा सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकका शाखाहरु, लक्ष्मी क्यापिटल, एनआईबिएल क्यापिटल, कृति क्यापिटल, काठमाडौँ क्यापिटल, एस क्यापिटल, सिबिआईएल क्यापिटल, आईसीएफसी फाइनान्स, ग्लोबल आईएमई क्यापिटल, तिनाउ विकास बैंक, पूर्णिमा विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, सेन्ट्रल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र यती डेभलपमेन्ट बैंकसहित ७९ वटा स्थानबाट आवेदन दिन सकिनेछ । 

हाल नेपाल लाइफको चुक्ता पुँजी दुई अर्ब १६ करोड रुपैयाँ रहेको छ । एफपीओ जारी गरेपछि कम्पनीको चुक्तापुँजी दुई अर्ब ४७ करोड रुपैयाँ नाघ्ने छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।