Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी सुरु, लालीगुराँशको सम्पत्ति लिलामीमा

२०८३ असार ३१ गते

बैंकिङ खबर / समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई अघि बढाउँदै सरकारले ती सहकारीहरूको सम्पत्ति लिलामी सुरु गरेको छ। यसक्रममा समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ललितपुरस्थित १४ आना ३ पैसा जग्गा बिक्रीका लागि ३५ दिने गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको छ। व्यवस्थापन समितिका अनुसार ऋणी सदस्य तथा सञ्चालकहरूले दायित्व फरफारक नगरेपछि सम्पत्ति बिक्री प्रक्रिया अघि बढाइएको हो। लिलामीबाट प्राप्त रकम बचतकर्ताको रकम फिर्ता तथा संस्थाको दायित्व व्यवस्थापनमा प्रयोग गरिने जनाइएको छ।