Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

धितोपत्र बजारमा कृत्रिम कारोबार गरिएको भन्दै ८१ जना विरुद्ध मुद्दा दायर

२०८३ जेष्ठ २९ गते

बैंकिङ खबर /  धितोपत्र बजारमा संगठित रूपबाटै कृत्रिम कारोबार गरिएको र चलखेल गरेको भन्दै सरकारले ८१ जना विरुद्ध मुद्दा दायर गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा व्यक्ति र केही संस्थासमेतलाई जोडेर ८१ जना विरुद्ध मुद्धा दर्ता गरिएको हो । उनीहरुबाट १ अर्ब १४ करोड ८ लाख बिगो दाबी गरिएको छ । अभियोग पत्रमा दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा सहितलाई योजनाकारका रूपमा मुख्य प्रतिवादी बनाइएको छ ।