Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

प्राधिकरणद्धारा सहकारी संस्था दर्ताका लागि असार मसान्तसम्म म्याद थप

२०८३ जेष्ठ ८ गते

बैंकिङ खबर / राष्ट्रिय सहकारी प्राधिकरणले सहकारी संस्थालाई दर्ताका लागि पुनः आह्वान गरेको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई सरकारले सहकारी ऐन २०८४ संशोधन अध्यादेश मार्फत प्राधिकरणमा दर्ता हुन आवहान गरेको हो । सरकारले अध्यादेश मार्फत प्राधिकरणलाई शक्तिशाली बनाएको छ । दर्ता नहुने सहकारीलाई के गर्ने भन्ने बारेमा निर्णय गर्न प्राधिकरणलाई पूर्ण अधिकार दिइएको छ । प्राधिकरणले आगामी असार ३२ गतेसम्मको समय तोकेर फेरि दर्ता आह्वान गरेको हो ।

यसअघि प्राधिकरणले तोकेको समयावधिमा सञ्चालन इजाजत पत्र पाउने सहकारीको संख्या २ हजार २ सय ६२ रहेको थियो । देशभर करीव ३३ हजार सहकारी दर्ता छन् । प्राधिकरणका अनुसार पूरा विवरण प्रविष्ट गरेका ३ हजार ७ सय ५९ र आंशिक विवरण प्रविष्ट गरेका ४ हजार ७ सय ८९ सहकारी संघसंस्थाहरु इजाजत पत्र लिने प्रक्रियामा छन् ।

प्राधिकरणमा दर्ता प्रक्रिया मात्र सुरु गरेका सहकारीको संख्या करिब १० हजारको हाराहारीमा छ । यो भनेको हाल सञ्चालनमा रहेका सहकारीको करिब ३० प्रतिशत मात्र हो । सरकारी तथ्याङक अनुसार हाल ३२ हजार सहकारी छन् । यो संख्या बचत तथा ऋणको मात्र भने होइन । प्राधिकरणले करिब १५ हजार सहकारी संस्था दर्ता हुन आउने अनुमान गरेको थियो ।