Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

रिलायबल क्यापिटलले पायो मर्चेन्ट बैंकरको रुपमा काम गर्ने अनुमति

२०७३ पुष २५ गते

रिलायबल क्यापिटल लिमिटेडले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा संचालित रिलायबल क्यापिटलले तत्कालका लागि सेयर रजिस्ट्रेसन तथा लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त भएको हो । चुक्ता पुँजी १०.५ करोड र अधिकृत पुँजी २० करोड रहेको यस क्यापिटलमा पूर्ण रुपमा रिलायबल डेभलपमेन्ट बैंकको लगानी रहेको छ । कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौँको सुन्धारामा रहेको छ ।