नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्व पनि युवा पुस्ताबाट छनौट हुने भएको छ । अधिकाँसको चाहनामा अध्यक्ष पदमा उमेदवारी दिएका निकोलस पाण्डेकै पक्षमा व्यबसायीहरु एकजुट भएका छन् । सिंगो देशले युवा नेतृत्व चाहेको अबस्थामा निर्माण व्यबसायी महासंघमा पनि युवा नेतृत्व आबश्यक रहेको व्यबसायीहरुको भनाई छ । अधिकाँस व्यबसायीहरु पाण्डेको नेतृतवमा अघि सर्न तयार भएपनि केही व्यबसायीका असन्तुष्टिका कारण पाण्डे निर्विरोध हुन भने सकेनन् । उनलाई सर्बसम्मत अध्यक्ष बनाउने धेरै व्यबसायीहरुको चाहना थियो । तथापी पाण्डे समुहका केही उमेदवारहरु भने निर्विरोध चयन भएका छन् । कर्णाली र लुम्बिनी प्रदेशमा पाण्डे समुहका उपाध्यक्षहरु निर्विरोध भएका छन् । उपाध्यक्षमा हिम बहादुर बुढा र सहदेव खड्कासँगै सदस्य पदहरूमा केही सदस्यहरुमा समेत सर्वसम्मत भएको छ । यसले व्यबसायीहरुको मनोवल बढाएको युवा पंत्किो भनाई छ । अन्य निर्विरोध हुनेहरुमा प्रकाश खड्का, डिल्लि केसी र सोभिन्द्र चौधरी छन् । उनीहरु सबै निकोलस पाण्डे टिमका हुन् । यसले पाण्डे टिमलाई थप विश्वासीलो बनाएको छ । निकोलस पाण्डेको टिम बलियो र सक्षम भएका कारण व्यबसायीक धारका युवाहरु एकजुट भएको महासचिवका उमेदवार वलि भद्र राना बताउँछन् । उनका अनुसार सिंगो देशले युवा चाहेका कारण निर्माण व्यबसायी महासंघमा सबै पक्ष मिलेर निकोलस पाण्डेको नेतृत्वमा अघि सर्ने सहमति भएको हो । अधिकाँसको रोजाईमा टिम निर्माण भए पनि सर्बसम्मत भने हुन सकेन । महासंघमा विहीबार निर्वाचन हुँदै छ ।
विशेष गरेर निर्माण क्षेत्रमा अहिले भुक्तानीको ढिलाइ, नीतिगत अन्योल र प्रशासनिक जटिलताहरु समस्याका रुपमा देखा परेका छन् ।र यी समस्या समाधान गरेर अघि बढ्नका लागि पनि युवा पंक्ति नै नेतृत्वमा आउनुपर्ने धारणा अधिकाँसको थियो । व्यवसायीहरूले कार्यसम्पादन गर्न सक्ने नेतृत्व खोजिरहेको उनको भनाई छ ।


