Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तीन संस्था गाभिएर बनेको महालक्ष्मी विकास बैंकको सेयर कारोबार खुल्यो

२०७३ पुष २५ गते

महालक्ष्मी फाइनान्स लिमिटेड, मालिका विकास बैंक लिमिटेड र सिद्धार्थ फाइनान्स लिमिटेड एक आपसमा गाभिएर बनेको महालक्ष्मी विकास बैंकको सेयर कारोबार खुलेको छ । एमएलबीएल सिम्बोलमा सोमबारदेखि महालक्ष्मीको कारोबार खुला गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । गत जेठमा मर्जरमा गएपछि तीन वटै संस्थाको सेयर कारोबार रोक्का भएको थियो । गत भदौ १९ गतेदेखि महालक्ष्मी विकास बैंकको नामबाट तीनवटै संस्थाको एकीकृत कारोबार सुरु भएको थियो । 

तीन वटा वित्तीय संस्था मिलेर बनेको राष्ट्रिय स्तरको विकास बैंक महालक्ष्मी विकास बैंकको चुक्तापुँजी एक अर्ब १६ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्मका बैंकले दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । यसका लागि बैंकले साविकको मालिका विकास बैंकको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव अघि सारेको छ । उक्त बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सवा एक अर्ब नाघ्नेछ । मुलुकभर ४० वटा शाखा रहेको बैंकले हालसम्म ११ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ४८ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।