Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बैंक अफ काठमाण्डू लुम्बिनीले झन्डै ६३ लाख कित्ता सेयर एफपिओ गर्ने

२०७३ पुष २५ गते

बैंक अफ काठमाण्डू लुम्बिनीले ६२ लाख आठ हजार एक सय ३२ कित्ता थप नयाँ सेयर निष्काशन गरेको भएको छ । बैंकले संस्थापक र साधारण सेयरधनीको सेयर स्वामीत्व अनुपात ५१ः४९ कायम सो अनुपातमा संस्थापक सेयर थप गर्न लागेको हो । हाल यो बैंकमा संस्थापकहरुको हिस्सा ४६ प्रतिशत छ । संस्थापक सेयर कम्तिमा ५१ प्रतिशत हुनुपर्ने नियामक नेपाल राष्ट्र बैंकको प्रावधान छ । 

यसबाहेक बैंकले २३ प्रतिशत बोनस सेयर समेत जारी गर्दैछ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ६३ करोड रुपैयाँ छ । बोनस सेयर वितरण गरेपछि बैंकको पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ हुनेछ । आगामी असार मसान्तसम्ममा बैंकले आठ अर्ब चुक्तापुँजी पुर्याउनुपर्नेछ । एफपिओ जारी गरेर पनि नपुगेको पुँजी चालू आर्थिक वर्षको कमाईबाट बोनस जारी गरेर पुर्याउने योजना बैंक अफ काठमण्डू लुम्बिनीको छ ।