Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अर्थतन्त्र चलायमान हुन पुँजीगत खर्च बढ्नुपर्छ : गभर्नर पौडेल

admin २०८२ चैत्र १२ गते
सेयर:

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ब्याजदर घट्दा पनि अपेक्षा गरिए अनुसार कर्जा प्रवाह नभएको बताएका छन् । उनले सरकारले खर्च गरोस् भन्ने चाहनाममै केन्द्रीय बैंक रहेको उल्लेख गर्दै पुँजीगत खर्च बढ्न सके मात्रै अर्थतन्त्र चलायमान हुने बताए । जनताको खर्च गर्ने मनोबल कम भएको समयमा सरकारले खर्च गर्नुपर्ने उनको धारणा छ । नेपाल जस्तै गरिब देशहरूको संस्थागत क्षमता कम हुने भन्दै उनले अधिकांश देशहरूको खर्चको योजना र खर्चको व्यबस्थापन शैली नमिलेको उल्लेख गरे । वैकल्पिक वित्त कोषले अर्थतन्त्र चलायमान गर्ने अपेक्षा गरिए पनि जेनजी आन्दोलनका कारण अर्थतन्त्र थप समस्यामा परेको उनको भनाई छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।