Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पुँजी कर्जासम्बन्धि मार्गदर्शन संशोधन : यस्ता छन् नयाँ व्यबस्थाहरु (पूर्ण पाठ)

admin २०८२ फाल्गुन २९ गते
सेयर:

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धि मार्गदर्शन संशोधन गरी नयाँ व्यबस्था गरेको छ । केन्द्रीय बैंकले स्थायी चालू पूँजी कर्जालाई आगामी असार मसान्तसम्म पुनर्तालिकीकरण गर्न सक्ने नयाँ सुविधा दिएको छ। यसैगरी राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार चालू पूँजी कर्जा खातामा क्यास क्रेडिट कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम हुनुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले ‘पर्मानेन्ट वर्किङ क्यापिटल निड’ को लागि आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्ने बताएको छ ।यसबाट केन्द्रीय बैंकले एक पटकका लागि आवधिक प्रकृतिको स्थायी चालू पूँजी कर्जा आगामी असार मसान्तसम्म पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ ।

अब बैंक तथा वित्तीय संस्थाले नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरेर ऋणीको हकमा आवश्यकता र औचित्यका आधारमा मात्रै आगामी असार मसान्तसम्म यस्तो कर्जा पुनर्तालिकीकरण गर्न सक्ने छन् । ‘यसरी गरिएको कर्जा पुनर्तालिकीकरणलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनर्तालिकीकरण भएको मानिने छैन’ राष्ट्र बैंकले निर्देशनमा भनेको छ । चालू पूँजी कर्जाका विभिन्न खातामध्ये क्यास क्रेडिट कर्जा खातामा यस अघिको यसअघि १० प्रतिशतको सीमा थियो संशोधन गर्दे आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्नेगरी व्यवस्था गरिएको छ ।

nrb 29
ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।