बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले केन्द्रीय बैंकले कालो सूचिमा पर्ने उद्योगीका बारेमा नयाँ नीति अबलम्बन गर्ने संकेत गरेका छन् । उनले यसबारे अध्ययन भइरहेको बताए । डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन भइरहेको बताए । पर्सामा एक कार्यक्रमलाई सम्बोधन गर्दे उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरेको बताए । चेक बाउन्स हुने बित्तिकै कालोसूचीमा राख्ने विषयमा आफ्नो चासो रहेको उनको भनाई छ । चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको उल्लेख गर्दै उनले धेरै कडाइ गरेर वा थुनेर मात्रै व्यापार व्यवसाय फस्टाउँदैन भन्ने कुरा बताए । व्यापार व्यबसायलाई व्यवस्थित गराउनेतर्फ अग्रसर हुन जरुरी भएको उल्लेख गर्दै उनले व्यवसायीलाई गाली गरेर मात्रै मुलुकको विकास नहुने बताए ।


