Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नागवेली लघुवित्तले थप्यो हकप्रद भर्ने म्याद, अब माघ १० गतेसम्म आवेदन खुला

२०७३ पुष २४ गते

नागबेली लघुवित्त विकास बैंकले हकप्रद सेयर निष्काशनको म्याद थप गरेको छ । सेयरधनीहरुको विशेष अनुरोधलाई मध्यनजर गर्दै बैंक सञ्चालक समितिले १५ दिन म्याद थप गरेको जनाएको छ । आइतबार (पुस २४ गते) सम्म भर्न पाइने भनिएको हकप्रद अब माघ १० गतेसम्म भर्न पाइने भएको छ । बैंकको सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । एनएमबि क्यापिटल, नागबेली लघुवित्त र यसका शाखाहरु र एनएमएबि बैंकका केही शाखाहरुबाट हकप्रद भर्न पाइनेछ । 

नागबेलीले गत मंसिर २० गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद निष्काशन गरिरहेको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हाल नागवेली लघुवित्तको चुक्तापुँजी २ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद वितरण गरेपछि बैंकको चुक्तापुँजी ३ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।