Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सिन्धुलीको एसबीआई बैंक लुट्ने ४ लुटेरा पक्राउ, बोरामा भेटियो पैसा !

२०८२ पुष ३० गते

बैंकिङ खबर । नेपाल एसबीआई बैंक लुट्ने लुटेरा सहित रकम बरामद भएको छ । मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन । उनीहरूलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । लुटिएको रकम मध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको छ । स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट उक्त रकम बरामद गरेको हो । पैसा लुटेर भागेका लुटेराहरुले पैसा बाड्ने काम गर्नुका साथै बोरामा पैसा बोकेका थिए । सो मध्ये लुटेराहरूले एउटा बोरा बोक्न नसकेपछि बोरा छाडेर भागेका थिए । खोजतलासका क्रममा एक करोड ८० लाख १० हजार रुपैयाँ बराबद भएको हो । लुटेराको एक समुहले सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंकमा लुटपाट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको थियो । लुटपाटपछि प्रहरीले घटनाका बारे अनुसन्धान गरीरहेको छ । नकाबधारीका रुपमा आएको समुहले बैंक लुटपाट गरेको हो । उनीहरुले सेक्युरिटी गार्डलाई कुटपीट गरेर कर्मचारीलाई समेत नियन्त्रणमा लिएर पैसा लुटेको जनाइएको छ ।