
बैंकिङ खबर / प्रभु बैंकमा अशोक शेचनलाई पुनरबहाली गर्न अध्यक्ष किशोरजंग कार्कीको दौडधुप चलेको छ । उनले यस बारेमा केन्द्रीय बैंकका हाकीमहरुलाई पालैपालो भेट्ने र फोन गर्ने गरेको खुलासा भएको छ । शुक्रबार शेरचन सहितलाई सरकारी वकिलले थुनामुक्त गरेर बाहिरै राखी अनुसन्धान गर्न भनेको थियो । शेरचनलाई बाहिरै राख्ने आदेशभएसँगै प्रभु बैंकका अध्यक्ष किशोरजंग कार्की सहित केही सञ्चालकले शेरचनलाई बैंकमै पुरबहाली गर्न चाहेका छन् ।
अध्यक्ष कार्कीको केन्द्रीय बैंकमा दोडधुप चलेको छ । उनी आफैले शेरचनलाई बैंकमै बोलाएर पटक पटक भेटेका छन् भने शेरचनलाई रिटर्नव्याक गर्न चाहेको एक संचालकले बैंकिङ खबरलाई बताए । कार्कीले केन्द्रीय बैंकका अधिकारीलाई समेत पालै पालो फोन गर्ने गरेका छन् । केन्द्रीय बैंकको भनाई अनुसार अध्यक्ष कार्कीले बैंकमा सिइओका रुपमा शेरचनलाई पुनरबहाली गर्न चाहेको देखियो तर मुद्धा किनारा नलागेसम्म पुनरबहाली गर्न मिल्ने छैन । यो अवधिमा अध्यक्ष कार्कीले सिइओ सेरचनसँग धेरैपटक बैठक गर्नुका साथै संचालकहरुसँग समेत बैठक गरेका छन् । ती छलफल र बैठकमा निलम्बित भएका सीईओ शेरचनलाई बैंकमै ल्याउनुपर्नेमा अध्यक्ष कार्कीले जोड दिएको एक संचालकले बताए । अध्यक्ष कार्कीले पदबहाली गर्नका लागि लविङ गरेको र शेरचनले पनि पद बहाली हुन चाहेको ती संचालकको भनाई छ ।


