Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल लघुवित्तले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने

२०८२ पुष २ गते
सेयर:

बैंकिङ खबर / नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत वर्ष पनि कम्पनीले यही अनुपातमा लाभांश वितरण गरेको थियो । सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ३३ करोड १६ लाख ८ हजार रुपैयाँका आधारमा लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरेर सेयरधनीलाई वितरण गरिनेछ । कम्पनीले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।