Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

उच्च मनोवलका साथ काम गर्न बैंकवित्तका कर्मचारीलाई राष्ट्र बैंकको आग्रह

२०८२ पुष २ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा तिनमा कार्यरत कर्मचारीमाथि भएका आक्रमणको निन्दा गरेको छ । केन्द्रीय बैंकले यस्ता उच्छृङ्खल गतिविधिमा संलग्नलाई प्रचलित कानुनअनुसार कारबाही गरिने बताएको छ । नेपाल राष्ट्र बैंकले सम्पूर्ण पक्षलाई यस्ता अराजक गतिविधिमा संलग्न नहुन आग्रह गर्दै वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न अनुरोध गरेको छ। केन्द्रीय बैंकले विज्ञप्ति जारी गरी बैंकका कर्मचारीमाथि आक्रमण र दुर्व्यवहारका घटनामा संलग्न हुनेलाई कार्बाही गरीने जनाएको हो । सर्वसाधारणबाट संकलन गरेको निक्षेप बैंक तथा वित्तीय संस्थाहरूले कर्जाका रूपमा प्रवाह गर्ने उल्लेख गर्दै केन्द्रीय बैंकले कर्जा असुली नहुँदा निक्षेपकर्ताको रकम फिर्ता गर्न कठिनाइ हुने बताएको छ । कुनै प्रतिकूल परिस्थितिका कारण ऋण तिर्न नसकिएको अवस्थामा समय–समयमा कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको सुविधा उपलब्ध गराउँदै आएको स्मरण गराउँदै नेपाल राष्ट्र बैंकले कानुनी बाटो अवलम्बन गर्न सबै पक्षलाई आग्रह गरेको छ।