Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

यती डेभलपमेन्ट बैंकको संस्थापक सेयर स्वामित्वमा परिवर्तन   

२०७३ पुष २१ गते

यती डेभलपमेण्ट बैंकको चौंधौ बार्षिक साधारण सभाबाट पारित संस्थापक सेयर स्वामित्व परिवर्तन सम्बन्धी प्रस्तावलाई नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लि. र सिडिएस क्लीयरिङ्गले  स्विकृती प्रदान गरेको छ । सेयर स्वामित्व परिवर्तन पश्चात संस्थापक समुहको सेयर अनुपात ५१ प्रतिशत र सर्वसाधारण समुहको सेयर अनुपात ४९ प्रतिशत कायम भएको जानकारी यतीले दिएको छ । यसअघि, संस्थापक समूहको सेयर स्वामित्व अनुपात ६८.३१ र सर्वसाधारण समूहको ३१.६९ रहेको थियो । 

साथै, चुक्तापुँजीको ५० प्रतिशत अर्थात विद्यमान दुई कित्ता सेयर बराबर एक कित्ता सेयर (२:१) का दरले जारी हुने हकप्रद शेयर निष्काशन प्रकृया अन्तिम चरणमा रहेको समेत बैंकले जनाएको छ ।