नेपाल स्टक एक्सचेञ्जमा झन्डै २७ लाख कित्ता सेयर थपिएका छन् । विहीबार तीन वटा कम्पनीको २६ लाख ९२ हजार एक सय ३३ दशमलव ५९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएका हुन् ।
पूर्णिमा विकास बैंक लिमिटेडको १० लाख आठ हजार पाँच सय ४३ दशमलव ५९ कित्ता हकप्रद सेयर विहीबार नेप्सेमा सूचिकृत भएको छ । पूर्णिमाले गत भदौमा निष्काशन गरेको सबै हकप्रद सेयर नेप्सेमा सूचिकृत गराएको हो ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सात लाख ७६ हजार ९० कित्ता बोनस सेयर पनि नेप्सेमा सूचिकृत भएको छ । गुडविल फाइनान्स लिमिटेडको नौ लाख सात हजार पाँच सय कित्ता बोनस सेयर पनि नेप्सेमा थपिएको छ ।
आगामी सातादेखि यी सेयरको कारोबार हुनेछ ।


