फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । गत कात्तिक महिनाको पहिलो साता आईपिओ निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको संस्थाले मंगलबार (पुस १९ गते) अनुमति पाएको हो ।
फरवार्ड कम्युनिटीले एक सय रुपैयाँ अंकित दरमा ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । आइपिओ जारी गरेपछि कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व ७०ः३० कायम हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।
सुनसरीमा केन्द्रीय कार्यालय रहेको संस्थाको आईपिओ माघ महिनाभित्रमा नै निष्काशन हुनेछ । हाल फरवार्ड कम्युनिटीको चुक्तापुँजी १४ करोड रुपैयाँ छ । आईपिओ जारी गरेपछि संस्थाको चुक्तापुँजी २० करोड रुपैयाँ पुग्नेछ ।


