Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा उतारचढाव : २ अर्ब ६६ करोडको कारोबार

२०८२ कार्तिक ९ गते
सेयर:

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दिनभर उतारचढावको बीचमा रहेको छ। बजार बिहानदेखि राताम्य यात्रा गरिरहेको थियो, तर अन्त्यमा हल्का सुधार हुँदै ५.१९ अंकले बढेर २५०९.०४ बिन्दुमा पुगेको छ।

आज कुल ३१३ कम्पनीको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६६ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ।

हाल लगानीकर्ताको मनोबल कमजोर रहेको छ। राजनीतिक अस्थिरता र देशको अर्थतन्त्रमा देखिएका चुनौतीका कारण लगानीकर्ताले उचित वातावरणको खोजी गरिरहेको छ।

बजार बढेपनि आज ८ उपसूचक भने राताम्य रहे। विशेषगरी:

वाणिज्य बैंक समूह: ०.३५% कमी

विकास बैंक समूह: ०.२९% कमी

फाइनान्स समूह: ०.७२% कमी

होटल तथा पर्यटन समूह: ०.५७% कमी

आजको दिनमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४६ कम्पनीको शेयर मूल्य घटेको छ।