Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

विद्युत् प्राधिकरणले काट्यो ६ उद्योगको बिजुली : ४ अर्ब बक्यौता तिर्न बाँकी

admin २०८२ कार्तिक ४ गते
सेयर:

बैंकिङ खबर/ नेपाल विद्युत् प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको बिजुली काटेको छ। प्राधिकरणका अनुसार यी उद्योगहरूले ४ अर्बभन्दा बढी विद्युत् बक्यौता तिर्न बाँकी राखेका थिए।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, बक्यौता रकम तिर्न पटकपटक पत्राचार र आह्वान गर्दा पनि उद्योगीले कुनै कदम नचालेको कारण बाध्य भएर बिजुली काट्नु परेको हो। उनले भने, “यी उद्योगहरूले ४ अर्बभन्दा बढी बक्यौता तिरेका छैनन्। बक्यौता तिर्न सुरु नगर्दासम्म लाइन जडान हुनेछैन।”

उद्योगहरूको बक्यौताको विवरण:

जगदम्बा स्टील: १ अर्ब ६० करोड

रिलायन्स स्पिनिङ मिल्स: ७५ करोड ३७ लाख

शिवम् सिमेन्ट: ७७ करोड ८८ लाख

घोराही सिमेन्ट: ५० करोड ८५ लाख

अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज: ४४ करोड ८४ लाख

त्रिवेणी स्पिनिङ मिल्स: ३२ करोड १० लाख

सिलवालका अनुसार, तिहारको सार्वजनिक बिदामा समेत उद्योगहरूले किस्तामा बक्यौता तिर्न सक्ने व्यवस्था गरिएको छ। प्राधिकरणले २८ किस्तामा भुक्तानी गर्ने सुविधा दिएको छ। पहिलो किस्ता तिरेपछि मात्रै बिजुली लाइन पुनः जडान गरिने छ।

यसअघि प्राधिकरणले २१ दिने सूचना जारी गर्दै बक्यौता नतिरेको उद्योगको बिजुली काट्ने चेतावनी दिएको थियो। त्यसपछिका केही उद्योगहरूले किस्तामा बक्यौता तिर्न सुरु गरेका छन्, तर अन्य उद्योगहरूले विवाद समाधान नभएसम्म तिर्ने अडान राखेका छन्।

 

 

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।