२०८२ आश्विन २९ गते

घट्यो सेयर बजारः तीन अर्ब बढीको कारोबार

बैंकिङ खबर/ साताको चौथो कारोबार दिन बुधबार सेयर बजार राताम्मे बनेको छ। नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा पुगेको छ।

यसैगरी, (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स २.९२ अंकले घटेर ४३७.०२ विन्दुमा पुगेको छ। आज ३१८ कम्पनीको ३५ हजार ७५० पटकको कारोबारमा ७६ लाख ११ हजार ६६० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब १० करोड १८ लाख ३० हजार ९४५ रुपैयाँ पुगेको छ।

आज बजारमा २०६ कम्पनीको सेयर मूल्य घटेको, ४० कम्पनीको मूल्य बढेको, र ५ कम्पनीको मूल्य स्थिर रहेको छ। कुल १३ समूहका सेयरमध्ये म्युचुअल फन्डबाहेक सबै समूहका सूचक राताम्मे बनेका छन्।

आजको कारोबारमा सबैभन्दा बढी कमाउने कम्पनीको सूचीमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड पहिलो स्थानमा रहेको छ। त्यसैगरी समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र विन्धवासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सेयर मूल्यमा १० प्रतिशत नकारात्मक सर्किट लागेको छ।

सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड परेको छ। यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १३०५ रुपैयाँ रहेको छ भने कुल कारोबार रकम २० करोड ५४ लाख ४ हजार ३६७ रुपैयाँ पुगेको छ।