
बैंकिङ खबर/ साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा उल्लेखनीय वृद्धि भएको छ । सोमबार घटेर बन्द भएको शेयर बजार मंगलबार पुनः उकालो लाग्दै दोहोरो अंकले बढेको हो । आज नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत ३३० कम्पनीको ९९ लाख ४ हजार ८७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बजार सूचकमा सुधार आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको देखिएको छ ।
आज बीमा समूहमा उल्लेखनीय सुधार देखिएको छ । जीवन बीमा समूह १.९२ प्रतिशत र निर्जीवन बीमा समूह १.४४ प्रतिशतले बढेका छन् । बीमा समूहका सूचक बढेसँगै २६ बीमा कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ । तीमध्ये नेपाल रि इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सका सेयरहरू सर्वाधिक बढेका छन् ।
यी तीन कम्पनीको सेयर मूल्य आज सकारात्मक सर्किट लेभल अर्थात् १० प्रतिशतका दरले बढेको हो । त्यसअनुसार नेपाल रि इन्स्योरेन्सको सेयर मूल्य १,२९९.२० रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सको १,३०० रुपैयाँ र क्रेष्ट माइक्रो लाइफको १,१७१.५० रुपैयाँमा पुगेको छ ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य २.३६ प्रतिशत, सिटिजन लाइफको ३.३९ प्रतिशत, गार्डिन माइक्रो लाइफको ३.२६ प्रतिशत, हिमालयन लाइफको ३.७७ प्रतिशत, नेपाल लाइफको १.६० प्रतिशत, नेशनल लाइफको १.८० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.५२ प्रतिशत, रिलायबल नेपाल लाइफको २.४३ प्रतिशत, सूर्यज्योति लाइफको १.९२ प्रतिशत, सन नेपाल लाइफको ३.९१ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.०३ प्रतिशतले बढेको छ ।
त्यस्तै, निर्जीवन बीमा समूहमा पनि सकारात्मक परिवर्तन देखिएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य ०.७८ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.१७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.८६ प्रतिशत, एनएलजी इन्स्योरेन्सको २.८४ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.५४ प्रतिशत, आरबीसीएलको ०.२३ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ प्रतिशत, सानिमा जिआइसीको ०.०६ प्रतिशत, शिखर इन्स्योरेन्सको १.६१ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.१५ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ४.७७ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको २.४६ प्रतिशतले बढेको छ ।
तर, सबै कम्पनीको सेयर मूल्य बढेको छैन । आज दुई बीमा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । एलआइसी नेपालका सेयर १.२२ प्रतिशत घटेर ८१० रुपैयाँमा झरेका छन् भने आइएमई लाइफ इन्स्योरेन्सका सेयर ०.२३ प्रतिशत घटेर ४३२ रुपैयाँमा पुगेका छन् ।