Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

२५ प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दैै धितोपत्र बोर्ड पुग्यो सिटिजन्स बैंक

२०७३ पुष १७ गते

सिटिजन्स बैंक इन्टरनेशनलले २५ प्रतिशत अर्थात १० बराबर २.५ को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ । बैंकले हकप्रद सेयर निष्काशन गर्न विवरणपत्र तयार गरी गत विहीबार (पुस १४ गते) धितोपत्र बोर्डमा आवेदन दिएको हो । बैंकको दशौं वार्षिक साधारण सभावाट निर्णय भएको उक्त हकप्रद नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ । 

सर्वसाधारण लगानीकर्ताहरुको सुविधाको लागि बैंकले आफना ५८ वटा शाखाहरुवाट डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्दै आएको छ । आगामी माघ १ गते देखि सार्वजनिक निष्काशन भएका धितोपत्रहरु खरिद गर्न सक्ने व्यवस्थाको लागि आस्बा प्रणालीको सेवा समेत प्रदान गर्ने बैंकका प्रवक्ता गणेशराज पोखरेलले जानकारी दिए ।