सुर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुलेको छ । अघिल्लो साता चारलाख कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको कम्पनीको सेयर कारोबार आइतबारदेखि खुलेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सुर्योदय लघुवित्तको ओपनिङ् सेयरमूल्य प्रतिकित्ता १६२ रुपैयाँदेखि ४८६ रुपैयाँ तोकेको छ । कम्पनीको कारोबार एसएलबिएस कोडबाट संचालन हुने नेप्सेले जनाएको छ ।
स्याङ्जाको पुतलीवजारमा केन्द्रीय कार्यलय रहेका लघुवित्तको साधारण सेयर जारी गरेपछि चुक्ता पूँजी ४ करोड रुपैयाँ पुगेको छ । सुर्योदय लघुवित्तले बाग्लुङ, म्याग्दी, पर्वत, स्याङ्जा, मनाङ, लमजुङ, मुस्ताङ, गुल्मी, प्यूठान र रोल्पा जिल्लामा २४ वटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


