Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले झन् घटाए ब्याजदर, कुन बैंकको कति ?

२०८२ भाद्र ३१ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सार्वजनिक गरेका छन्। भदौ महिनाको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुले दिने अधिकतम औसत ब्याजदर घटेको देखिएको छ।

भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशतविन्दु रहेकोमा असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा झरेको छ। यस अवधिमा ब्याजदर ०.११ प्रतिशतविन्दुले घटेको हो। चालु आर्थिक वर्षको असोज महिनाको ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये ८ वटाले घटाएका छन् भने १० वटाले यथावत कायम राखेका छन् ।

असोज महिनाको लागि दुई वटाले बैंकले भने ब्याजदर बढाएका छन् । असोज महिनाका लागि स्ट्याण्डर्ड चार्टड बैंक र लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएका हुन् ।

ब्याजदर घटाउनेमा हिमालयन बैंक, एनआइसी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक रहेका छन् ।

असोजमा कृषि विकास बैंकले ०.१८ प्रतिशत, एनआइसी एशिया बैंकले ०.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५० प्रतिशत, नेपाल बैंकले ०.१५ प्रतिशत, कुमारी बैंकले ०.२ प्रतिशत, नेपाल एसबिआई बैंकले ०.२७ प्रतिशत र एभरेष्ट बैंकले ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

असोज महिनाको लागि स्ट्याण्डर्ड चार्टड बैंकले ०.०५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशतले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् । साथै, असाज महिनाको लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.२५ प्रतिशत, प्रभु बैंकले ५.३५ प्रतिशत, नबिल बैंकले ५.५ प्रतिशत, हिमालयन बैंकले ६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

त्यस्तै, माछापुच्छे बैंकले ६ प्रतिशत, सिद्धार्थ बैंकले ५.५ प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, सिटिजन्स बैंकले ५.५ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकले ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकहरु २०८२ असार २०८२ साउन २०८२ भदौ २०८२ असोज
नबिल ५.७५ ५.५ ५.५ ५.५
नेपाल इन्भेष्टमेन्ट मेगा ५.५ ५.२५ ५.२५ ५.२५
माछापुच्छ्रे
हिमालयन ६.२५
नेपाल एसबिआई ५.५ ५.३५ ५.२५ ५.१८
एभरेष्ट ६.५५ ६.२५ ५.७५ ५.२५
एनआईसी एसिया ६.५५ ६.२५ ६.२५
स्ट्यान्डर्ड चार्टर्ड ६.२५ ६.२६ ५.१३ ५.१८
लक्ष्मी सनराइज ५.७५ ५.५ ५.२५
कुमारी ५.५१ ५.४१ ५.२१ ५.०१
सिद्धार्थ ५.७५ ५.७५ ५.५ ५.५
सानिमा ६.३३ ६.१८ ५.७५ ५.२५
एनएमबि
प्रभु ६.१ ५.३५ ५.३५ ५.३५
ग्लोबल आइएमई
सिटिजन ५.६५ ५.५ ५.५ ५.२५
प्राइम कमर्सियल ६.२५ ५.५
कृषि विकास ५.४५ ५.४ ५.२ ५.०५
नेपाल बैंक ५.४५ ५.४ ५.४ ५.२५
राष्ट्रिय वाणिज्य बैंक ५.५ ५.५ ५.५