
बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्वचालित प्रणालीमार्फत भारित औसत मूल्यको आधारमा शेयर बजार परिसूचक गणना गरिरहेको स्पष्ट पारेको छ। नेप्से सूचकांकको गणना प्रक्रिया सम्बन्धमा विविध विवाद उठेपछि नेप्सेले विज्ञप्ति जारी गर्दै विवरण सार्वजनिक गरेको हो।
विज्ञप्तिमा नेप्सेले भन्यो, “नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि दिउँसो ३ बजेसम्म प्रत्येक कारोबारको मूल्यलाई सूचीकृत शेयर संख्याले गुणा गरी नेप्से सूचकांक गणना गरिन्छ।” यस स्पष्टोक्तिसँगै नेप्सेले सूचकांक गणनामा पारदर्शिता कायम रहेको र प्रणाली स्वचालित भएर भारित औसत मूल्यमा आधारित रहेको जनाएको छ।




