Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि समिति गठन

admin २०८२ भाद्र १२ गते
सेयर:

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन भएको छ। समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा.खोमराज खरेल छन्। भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो।

यही भदौ २ गते बसेको मन्त्रिपरिपरिषद् बैठकले प्राधिकरणका अध्यक्ष शरद ओझामाथि खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेको थियो। त्यसपछि रिक्त पदपुर्तिका लागि सिफारिस समिति बनाइएको हो।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।