Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भारु २००, ५०० र २००० का नोट नेपालमा ओसार-पसार र कारोबारमा पूर्ण प्रतिबन्ध

admin २०८२ भाद्र १० गते
सेयर:


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजाने व्यवस्थालाई पुनःस्मरण गराएको छ ।

राष्ट्र बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५,००० सम्म (भारतीय रुपैयाँको हकमा सो बराबर रकम, र अन्य विदेशी मुद्रामा समेत अमेरिकी डलर ५,००० बराबर) भन्सार घोषणा विना नेपालमा ल्याउन सक्ने व्यवस्था छ। तर, सो भन्दा बढी रकम ल्याउँदा वा लैजाँदा भन्सारमा घोषणा गरी प्रमाणित गर्नुपर्ने हुन्छ।

यसअघि नै बैंकले मिति २०७५/०३/३२ र २०७५/१२/२६ मा सूचना प्रकाशित गरिसकेको भए पनि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ अनुसार यसपटक फेरि पुनः प्रकाशन गरिएको हो।

यस्तै, सन् २०१६ नोभेम्बर ९ भन्दा अघि प्रचलनमा रहेका भारतीय रुपैयाँ ५०० र १००० का नोट अब कारोबार गर्न नपाइने र हाल चलनमा रहेका भारतीय रुपैयाँ २००, ५०० र २००० का नोट पनि नेपाल भित्र्याउन, ओसार–पसार गर्न वा कारोबार गर्न प्रतिबन्धित रहेको बैंकले स्पष्ट पारेको छ।

साथै, नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा ल्याउन नपाइने व्यवस्था पनि यथावत् रहेको राष्ट्र बैंकले स्मरण गराएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।