नेपाल आयल निगम पटक पटक विवादमा आउने गरेको छ । यसको नेतृत्वपंक्ति कुनै न कुनै रुपमा लेनदेनमा फस्दै पनि आउने गरेको छ । तथापी पछिल्लो समय आयल निगममा पनि केही सकारात्मक पक्षहरु देखिन थालेको छ । यतिबेला मुलुकमा विजुली उत्पादन पनि बढ्ने क्रम जारी छ । सँगै इभि मोटरगाडिको आगमन पनि बढ्न थालेको छ । यसले पेट्रोलीयम पदार्थको आपूर्ती भविश्यमा के हुन्छ भन्ने कुरा चासोको विषय बनेको छ । यसै सन्दर्भलाई लिएर नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डीका प्रसाद भट्टसँग हामीले कुराकानी गरेका छौं । उहाँसँगको कुराकानीको सार अंश यहाँ प्रस्तुत गरिएको छ ।
यहाँको कार्यकाल कसरी अघि बढीरहेको छ ? र विगका समयमा के के कामहरु सम्पन्न भए ?
म यहाँ आएको करीव डेड बर्ष पुरा हुँदैगरेको अबस्था छ । यस बीचमा पेट्रोलीयम पदार्थको आपूर्तीमा सहजीकरण र सिस्टमको विकास गर्ने कार्यमै म लागिपरेको छु । हामीसँग विभिन्न क्षेत्र जोडिएका छन् । कर्मचारीहरु, पम्प संचालकहरु, ग्यास ढुवानी गर्ने व्यक्तिहरु, डुवाली सवारी साधनहरु, पेट्रोलीयम पदार्थसँग जोडिएका पक्षहरु हुन् । यसबाहेक हरेक उपभोक्ताको जनजीवन हामीसँग प्रत्यक्ष जोडिने विषय हो । यी सबै पक्षसँग समन्वयन भएर हामी अगाडि बढ्नु पर्दछ । नेपाल आयल निगमले करीब पाँच दशक विताइसकेको अबस्था छ । यसबीचमा विभिन्न विवादका कारण यो क्षेत्र जस नपाउने ठाउँ पनि बनेको छ । तथापी पारदर्शीतालाई फोकश प्वाइन्टमा राखेर काम गर्ने हाम्रो लक्ष हो । म आइसकेपछिको अबस्थालाई हेर्ने हो भने अहिले तेल हाल्न जाँदा लाइन लाग्नुपरेको अबस्था छैन । हाम्रो दायित्व भनेकै आम उपभोक्ताहरुलाई सहज तरीकाबाट पेट्रोलीयम पदार्थको आपूर्ती गर्नु हो । आयल निगमलाई नयाँ किसिमबाट अघि बढाउनका लागि हामीले नयाँ परियोजनाहरु संचालन गरेका छौं । जसले गर्दा पेट्रोलीयम पदार्थको आपूर्तीलाई सहज बनाएको छ ।
नयाँ परियोजना भन्नुभयो, के के परियोजना सम्पन्न भए र के के सम्पन्न हुने तयारीमा छन् ?
हामीले सम्पन्न गरिसकेका परियोजना हेर्ने हो भने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धनको डिपो खडा गरेका छौं । अब केही समयमै संचालनमा आउने अबस्थामा छ । यसले पोखरा विमानस्थललाई संचालन गर्नका लागि पनि सहजता सिर्जना गर्छ भन्ने लाग्छ । दोस्रो कुरा भारतबाट पेट्रोलीयम पदार्थको आयात गर्दा असहज अबस्था थियो । अहिले हामीले पेट्रोल र डिजेल पाइपलाइनबाट आउन थालेको छ । पाइपलाइनको पूर्वाधार पूर्ण रुपमा सम्पन्न भएर संचालनमा आएपछि पेट्रोलीयम पदार्थको वितरण कार्यमा सहज भएको छ । पहिले एउटा ट्याङकर भारतबाट नेपालसम्म आउँदा तीन चार दिन लाग्ने थियो भने अहिले तीनचार मिनेटमै आउँछ । यसले गर्दा अबका दिनमा पेट्रोलीयम पदार्थको वितरण कार्यमा सहजता सृजना हुने छ । अर्को कुरा हामीले काम गर्ने कर्पोरेट कार्यालय निर्माण सम्पन्न गरेका छौं । हाम्रा कर्मचारीले सहज ढंगले सेवा सुविधा दिन पाएका थिएनन् । अहिले यसबाट कर्मचारीलाई काम गर्न सजिलो भएको छ ।
हामीले पेट्रोलीयम पदार्थको भण्डारण क्षमता पनि बढाउने काम गरेका छौं । अहिलेको अबस्थामा हेर्ने हो भने डिजेल १२ दिनका लागि, पेट्रोल जम्मा ७ दिनका लागि तथा हवाई इन्धन २४ दिनका लागि मात्रै पुग्ने क्षमतामा छन् । पोखरामा भण्डारण क्षमता सुरु भएको छ । बीराटनगरमा पनि सम्पन्न भएको छ । त्यसैगरी सुर्खेत र धनगढीमा पनि भण्डारण क्षमता सुरु गर्ने तयारी छ । भैरहवाको भण्डारण डिपो सार्नु पर्ने अबस्थामा छ । सिनामंगलको डिपो धेरै पुरानो र सानो आकारको भइसकेको छ, यसलाई पनि स्थानान्तरण गर्नुपर्ने अबस्था छ । यसबाहेक दुर्गम पहाडी भेगमा पनि हामीले पेट्रोलीयम पदार्थका पम्पहरु नभएका ठाउँमा पेट्रोलीयम पदार्थ आपूर्तीमा सहज होस भनेर केही पम्पहरु थप्ने तयारी गरेका छौं । यी परियोजनाहरु अघि सारीएका छन् ।
के अबका दिनमा पेट्रोलीयम पदार्थको वितरण कार्यमा समस्याहरु आउँदैनन् त ?
पहिले पहिले बाटोमा लामो समय लाग्ने हुँदा कहिले पहिरोले बाटो रोक्ने, कहिले बाटोमै गाडि विग्रने जस्ता कार्यले ढिला आउने गरेको हो । अहिले पाइपलाइनबाट आएपछि सहज भएको छ । हामीले हवाइ इन्धनका लागि र खाना पकाउने एलपीजी ग्यासका लागि पनि पाइपलाइन बनाउँदै छौं । अमलेखगंजदेखि चितवनसम्मको पाइलाइन र सिलगुढीदेखि झापासम्मको पाइपलाइनको कार्य सम्पन्न भएपछि हवाई इन्धन र एलपीजी ग्यासमा पूर्वाधारको अभाव पनि समाधान हुने छ । हवाई इन्धनका लागि चितवनमा भण्डारण गर्ने प्लान भइरहेको छ । अहिले एलपीजी भारतबाट करीब ६ सय बुलेट मार्फत ल्याएको अबस्था छ । यसलाई मध्यनजर गरेर सर्लाहीमा भण्डारण गृह र पाइपलाइनको कार्य सुरु हुने अबस्थामा छ ।
हामीले एलपीजी ग्यास पनि सहजताका साथ अघि बढाइरहेका छौ ।
दैलेखमा रहेको मिथेन ग्यासलाई जिम्मेवारी पाएमा आएल निगमले संचालन गर्न सक्ने अबस्था के छ ?
अवश्यपनि दैलेखमा भएको जुन मिथेन ग्यास छ, त्यसलाई हामीले मलको रुपमा पनि प्रयोग गर्न सक्छौं । त्यसलाई पाइपलाइन मार्फत घरघरमा लैजान सक्छौं । अहिले हाम्रो देशमा मलको अभाव हुने र किसानले मल नपाउने अबस्था छ । नेपालमा आबश्यक मल कारखानाका लागि कच्चा पदार्थको रुपमा दैलेखको ग्यासलाई प्रयोग गर्न सक्छौं । यदी सरकारले जिम्मेवारी दिएको अबस्थामा आमीले त्यसलाई विभिन्न क्षेत्रमा प्रयोग गरेर नीजि क्षेत्र र विदेशीलाई पनि पार्टनरसिपमा ल्याएर काम गर्न सक्छौं । नेतृत्व पाएको खण्डाम नेपाल आयल निगम यो कार्यमा अवश्य सफल हुने छ ।
पेट्रोलीयम पदार्थमा मिसावटका कुरा पनि पटकपटक आइरहन्छन् नि ?
यसमा हामीले पारदर्शी रुपमा व्यापार गरीरहेका छौं । आयल निगमका डीपोमा फ्यूल मिटर जडान गरिसेको अबस्थाले यसले पारदर्शीतालाई देखाउँछ । अहिले कसैले छल्न सक्ने अबस्था छैन । थानकोट, भैरहवा, अमलेखगंजमा पनि यो कार्य सुरु भइसकेको छ, जसकारण अटोेशीनको प्रयोग पछि उपभोक्ताले उठाएका हरेक कुरा सम्बोधन हुनेछन् । हामीले कहिलै पनि उपभोक्ताको गुनासो आउने ठाउँ राख्ने छैनौं । सिस्टम र पारदर्शीका लागि हामी निरन्तर लागिरहेका छौं । यसमा कार्यविधि नै बनाएर हामीले अनुगमन गर्नेदेखि सबै कार्यहरु गरीरहेका छौं । जसले गर्दा अबका दिनमा त्यस किसमिको अपजस आउने ठाउँ दिँदैनौं ।
पेट्रोलीयम पदार्थको मुल्यबृद्धिको अबस्थामा पनि निकै विवाद आइरहन्छ नि ?
हामीले यसबारेमा स्वचालीत प्रकृया सुरु गरेका छौं । हामीले स्वचालीत मूल्यबृद्धि प्रणलीको कार्यविधि जुन बनाएका छौं, यसले धेरै कुरालाई सहज बनाएको छ । रेगुलर रुपमा म आएपछि १५ दिनको अन्तरमा अन्तर्राष्यि मापदण्डका आधारमा मूल्य निर्धारण गर्दै आएका छों । यस किसिमको व्यबस्थापनबाट पारदर्शी हुनेभएकोले अपजसहरु आउँदैन भन्ने लाग्छ । हामीले पारदर्शी किसिमबाट मूल्य निर्धारण गरेका छौं । यसमा उपभोक्ताहरुर्र्ला पनि सहज किसिमको हुन्छ ।



