
बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डको सञ्चालकमा व्यवसायी हेमराज ढकाल नियुक्त भएका छन्। निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रहेका ढकाल बुधबारदेखि बोर्डमा प्रवेश गरेका हुन्।
यसअघि बोर्डको निजी क्षेत्रतर्फको सञ्चालकमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ नियुक्त भएका थिए। तर व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएपछि पद रिक्त थियो। सो पदमा महासंघले ढकाललाई पठाउने निर्णय गरेको हो। बुधबार धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले ढकाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराए।



