Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले खिच्यो २५ करोड बराबरको तरलता, कहिले हुन्छ फिर्ता ?

२०७३ पुष १३ गते

नेपाल राष्ट्र बैंकले यो साता २५ करोड रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । वित्तीय प्रणालीमा तरलता सन्तुलन कायम गर्नका लागि राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले बुधबार रिभर्स रिपो जारी गरेको हो । बैंक तथा वित्तीय संस्थामा रहेको तरलता प्रशोचन गर्नका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने गर्दछ । राष्ट्र बैंकले यो पटक जारी गरेको रिभर्स रिपो सात दिने अवधिको हो, जुन पुस २० गते परिपक्व हुनेछ ।