Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एकै दिनमा बैंकिङ्ग प्रणालीको निक्षेपमा ५ अर्ब रुपैयाँको गिरावट

२०८२ श्रावण १८ गते

बैंकिङ खबर/ पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप संकलनमा कमी देखिएको छ। नेपाल राष्ट्र बैंकको साउन १३ र १४ गते सार्वजनिक तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीको कुल निक्षेप एकै दिनमा ५ अर्ब रुपैयाँले घटेको छ।

साउन १३ गतेसम्म बैंकिङ्ग प्रणालीमा ७२ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा साउन १४ गते घटेर ७२ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ। सोही अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ४ अर्ब रुपैयाँले घट्दै ६४ खर्ब ६७ अर्ब रुपैयाँमा सीमित भएको छ।

यद्यपि समीक्षावधिमा कर्जा लगानी भने उल्लेखनीय रूपमा बढेको छ। राष्ट्र बैंकका अनुसार सो अवधिमा कर्जा लगानी १ खर्ब रुपैयाँले वृद्धि भएको छ।

त्यसैगरी, सो अवधिमा बैंकहरूको सिडी (क्रेडिट टु डिपोजिट) रेसियो ७६.०३ प्रतिशत पुगेको छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत कायम भएको छ।