२०८२ श्रावण १३ गते

हिमालयन बैंकको एफपीओ बाँडफाँट, ९ जनाले पाए १ कित्ता थप

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (एफपीओ) आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलको कार्यालयमा बिहान ९ बजेबाट बाँडफाँट प्रक्रिया सुरु भएको हो।

बैंकले यो एफपीओ गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म बिक्रीका लागि खुला गरेको थियो। प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ५७ रुपैयाँ प्रिमियम थपेर १५७ रुपैयाँमा कुल ९२ लाख ५० हजार ४६९ कित्ता शेयर बिक्री गरिएको थियो।

एफपीओमा १८ लाख २५ हजार ९२२ जना आवेदकबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयरको माग परेको थियो। जसमध्ये १७ लाख ४ हजार २७३ जना आवेदकका ३ करोड ३२ लाख ११ हजार ८० कित्ता आवेदन मात्र सदर भएका थिए। त्यस्तै १ लाख ७६ हजार २६० जना आवेदकका १७ लाख ४ हजार २७३ कित्ता आवेदन विभिन्न कारणले बदर भएका छन्।

मागभन्दा अत्यधिक आवेदन परेपछि एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो। बाँडफाँट अनुसार, ९ लाख २५ हजार ४६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। त्यस्तै, तिनैमध्ये भाग्यमानी ९ जनाले थप १ कित्ता शेयर प्राप्त गरेका छन्।