Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा अपेक्षित क्रेडिट हानि सम्बन्धी मार्गदर्शन २०८१ संशोधन(पूर्णपाठ)

२०८२ श्रावण १२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले लागू गरेको एनएफआरएस ९ – अपेक्षित क्रेडिट हानि सम्बन्धी मार्गदर्शन २०८१ मा विभिन्न महत्वपूर्ण संशोधन गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरू (बीएफआईहरू)लाई क्रेडिट जोखिमको पहिचान, मूल्यांकन तथा व्यवस्थापनसम्बन्धी प्रावधानमा स्पष्टता ल्याउन राष्ट्र बैंकले नयाँ निर्देशिका सार्वजनिक गरेको हो। संशोधित निर्देशिका अनुसार अबदेखि ३० दिनभन्दा बढी किस्ता तिरेर नबुझिएको ऋणलाई “जोखिममा वृद्धि भएको” मानिनेछ।

अघिल्लो संस्करणमा यसलाई ३० दिन भनिएपनि नयाँ संशोधनमा “एक महिनाभन्दा बढी” समय उल्लेख गरिएको छ। अन्य सबै धितोको नेट रियलाइजेबल भ्यालु (NRV) गणना गर्दा वर्तमान मूल्यबाट २५% कटौती गरिने व्यवस्था गरिएको छ।