२०८२ श्रावण ४ गते

हिमालयन बैंकको एफपीओमा ४.४२ गुणा बढी आवेदन, ८ लाखभन्दा बढीको हात खाली

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडको प्राथमिक सेयर (एफपीओ)मा आम लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार, आज सोमबारसम्म एफपीओमा १७ लाख ८६ हजार ७८२ जनाले आवेदन दिएका छन्।

मागभन्दा ४.४२ गुणा बढी आवेदन

एफपीओमा ६ अर्ब ४३ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरको ४ करोड ९ लाख ६६ हजार ५०० कित्ता सेयरका लागि आवेदन परेको छ। बैंकले भने मात्र ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्रीका लागि खुला गरेको थियो। यो मागभन्दा करिब ४.४२ गुणा बढी आवेदन हो।

एफपीओ विवरण

जारी मिति: असार ३२ गते

जारी कित्ता: ९२,५०,४६९

प्रतिकित्ता मूल्य: रु. १५७ (रु. १०० अंकित + रु. ५७ प्रिमियम)

कुल रकम: रु. १ अर्ब ४५ करोड २३ लाख २३ हजार

बाँडफाँडपछि ८ लाखभन्दा बढीको हात खाली

बैंकको एफपीओ १० कित्ताका दरले बाँडफाँड गरिनेछ। सोअनुसार ९ लाख २५ हजार ४६९ जनाले मात्र सेयर प्राप्त गर्नेछन्। बाँकी ८ लाख ६१ हजारभन्दा बढी आवेदकले कुनै सेयर प्राप्त नपाउने निश्चित भएको छ।