Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब विदेश यात्रा अघि बैंक खाता खोल्नैपर्ने, राष्ट्र बैंकद्वारा नयाँ व्यवस्था लागू

२०८२ श्रावण २ गते

बैंकिङ खबर/ अबदेखि नेपाली नागरिकले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य रूपमा खोल्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै मौद्रिक नीतिमा उल्लेख गरिएको व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

नयाँ व्यवस्थाअनुसार राहदानी (पासपोर्ट) तथा औपचारिक भ्रमण प्रयोजनका लागि सटही सुविधा लिन चाहने व्यक्तिले परिवर्त्य विदेशी मुद्राको बैंक खाता (नयाँ खाता खोलेर समेत) अनिवार्य रूपमा खोल्नुपर्नेछ। त्यस खातामार्फत् मात्र सटही सुविधा उपलब्ध गराइनेछ।

त्यस्तै, भारतबाहेक अन्य देशको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत प्रतिपटक अमेरिकी डलर ३,००० वा सो बराबरको अन्य परिवर्त्य मुद्रासम्म सटही सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले यस्तो व्यवस्था विदेशी मुद्रा कारोबारलाई थप पारदर्शी र नियमन गर्नका लागि गरिएको बताएको छ। यो व्यवस्था अबदेखि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमा लागू हुनेछ।