
बैंकिङ खबर/ सेयर बजारमा बिहीबार भदौ यताकै उच्च कारोबार देखिएको छ। साताको अन्तिम कारोबार दिन कुल १६ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
यसअघि २०८१ भदौ ११ मा १८ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो भने गत वर्ष साउन ३१ मा २९ अर्ब ३० करोड रुपैयाँको कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको थियो।
बिहीबार कारोबारसँगै नेप्से सूचक पनि उल्लेख्य रूपमा उकालो लागेको छ। सूचक ७९.८२ अंकले, अर्थात् २.८५ प्रतिशतले वृद्धि भई २८७४.६० बिन्दुमा पुगेको छ।
यसअघि बुधबार नेप्से ३४.६१ अंकले र मंगलबार ३४.४६ अंकले बढेको थियो। लगातारको वृद्धिले बजारमा उत्साह थपिएको छ भने लगानीकर्ता पनि झन् सक्रिय देखिएका छन्।



