
बैंकिङ खबर/ हिम स्टार उर्जा कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) भोलि बुधबार बिहान बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले बाँडफाँटको तयारी पूरा गरेको जनाएको छ।
कम्पनीको आईपीओमा धेरै आवेदन परेकाले शेयर पाउने विषय भाग्यमै भर पर्ने भएको छ। यस पटक करिब ७७ हजार ३९७ जनाले मात्र १० कित्ताका दरले शेयर पाउनेछन्। तीमध्ये ५ जनाले भने ११ कित्तासम्म पाउनेछन्।
हिम स्टार उर्जाले प्रतिकित्ता १०० रुपैयाँ दरमा ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।
-आयोजनाबाट प्रभावित स्थानीयबासीका लागि १ लाख ८६ हजार ५०० कित्ता
-वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार २५० कित्ता
-कर्मचारीका लागि १८ हजार ६५० कित्ता
र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता छुट्याइएको थियो।
बाँकी ७ लाख ७३ हजार ९७५ कित्ता सर्वसाधारणका लागि खुलेको थियो।



