Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२५ करोडको रिभर्स रिपो बुधबार

admin २०७३ पुष १२ गते
सेयर:

नेपाल राष्ट्र बैंकले यो साता २५ करोड रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । वित्तीय प्रणालीमा तरलता सन्तुलन कायम गर्नका लागि राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले बुधबार रिभर्स रिपो जारी गर्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा रहेको तरलता प्रशोचन गर्नका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने गर्दछ । 

राष्ट्र बैंकले यो पटक जारी गर्न लागेको रिभर्स रिपो सात दिने अवधिको हो, जुन पुस २० गते परिपक्व हुनेछ । रिभर्स रिपो अनलाइन बोलकबोलका आधारमा विक्री गरिने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट क, ख र ग वर्गको इजाजतप्राप्त वित्तीय संस्थाहरुले भाग लिन पाउनेछन् । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।