Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हकप्रद खुलेका आधा दर्जन वित्तीय संस्थाहरु : हेर्नुस्, कहिलेसम्म छ म्याद ?

२०७३ पुष १२ गते

यतिबेला आधादर्जन बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद सेयर निष्काशन गरिरहेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार, चुक्तापुँजी बढाउनका लागि यी संस्थाहरुले हकप्रद जारी गरेका हुन् । हेरौँ, कुनकुन कम्पनीले हकप्रद सेयर जारी गरिरहेका छन् ? र कुन संस्थाको हकप्रद भर्ने म्याद कहिलेसम्म छ ?

माछापुछ्रे बैंक लिमिटेड
माछापुछ्रे बैंक लिमिटेडले गत मंसिर २९ गतेदेखि ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ९३ करोड २२ हजार ७ सय रुपैयाँ बराबरको एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कात्तिक ११ गते कायम बैंकका सेयरधनीले मंसिर १९ गतेबाट पुष २४ गतेसम्ममा हकप्रद भर्न सक्नेछन् । बैंकको हकप्रदमा पुष २४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । सेयरधानीले सिभिल क्यापिटल कमलादी तथा माछापुछ्रे बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् । हाल माछापूछ्रे बैंकको चुक्तापुँजी ३ अर्ब ८६ करोड ४५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । 

नागबेली लघुवित्त विकास बैंक लिमिटेड
नागबेली लघुवित्त विकास बैंक लिमिटेडले गत मंसिर २० गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद निष्काशन पुस २४ गतेसम्म खुला रहने बताइएको छ । बैंकको सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बैंकले चुक्ता पूँजी वृद्धिका लागि हकप्रद बितरण गर्न लागेको हो । हाल नागवेली लघुवित्तको चुक्तापुँजी २ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद वितरण गरेपछि बैंकको चुक्तापुँजी ३ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।

वेष्टर्न डेभलपमेण्ट बैंक लिमिटेड
वेष्टर्न डेभलपमेण्ट बैंक लिमिटेडको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले गत मंसिर २२ गतेदेखि एक सय रुपैयाँ अंकित दरका १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । पुस २६ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरका लागि गत कात्तिक ३० गते सम्म कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछ । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्तापुँजी ३१ करोड ३९ लाख २० हजार रुपैयाँ पुग्नेछ । 

सेवा विकास बैंक
सेवा विकास बैंक लिमिटेडले १२० प्रतिशत अर्थात १ बराबर १.२ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले गत मंसिर २३ गतेदेखि १०० रुपैयाँ अंकित दरका ५१ लाख ६ हजार ६ सय ६२ कित्ता कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । उक्त हकप्रद का लागि पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ ।  बैंकको सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल सेवा विकास बैंकको चुक्तापुँजी ४२ करोड ५५ लाख ५५ हजार २ सय रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन पछि बैंकको चुक्तापुँजी ९३ करोड ६२ लाख २१ हजार ४ सय रुपैयाँ पुग्नेछ । 

नमस्ते वित्तीय संस्था लिमिटेड
नमस्ते वित्तीय संस्था लिमिटेडको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर पुस ८ गतेदेखि निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड ७५ लाख रुपैयाँ बराबरका तीन लाख ७५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । उक्त हकप्रद निष्काशन माघ १३ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । एनएमबी बैंक लिमिटेड र यसका शाखा कार्यालय तथा नमस्ते वित्तीय संस्था घोराइबाट उक्त हकप्रद भर्न पाइनेछ । हाल कम्पनीको चुक्तापुँजी तीन करोड ७५ लाख रुपैयाँ रहेको छ । हकप्रद वितराणपश्चात कम्पनीको चुक्ता पुँजी ७ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

सगरमाथा फाइनान्स
सगरमाथा फाइनान्स लिमिटेडले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता सेयर निष्काशन गरेको हो । उक्त हकप्रदका लागि पुस ११ गतेदेखि माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । सेयरधनीले एनआईबीएल क्यापिटल मार्केट्स र सगरमाथा फाइनान्सका शाखा कार्यलयहरुबाट हकप्रद सेयर आवेदन भर्न सकिने कम्पनीले जनाएको छ । हाल सगरमाथा फाइनान्सको चुक्तापुँजी ३६ करोड ९२ लाख रुपैया रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ६६ करोड ४७ लाख रुपैयाँ पुग्नेछ ।