
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा सेयर बजार सम्बन्धी केही व्यवस्था गरेको छ ।
यस्ता छन् मुख्य व्यवस्थाहरु
१. व्यक्तिगत तर्फ १५ करोडको सेयर कर्जाको सीमालाई २५ करोड पुर्याईएको छ ।
२. लघुवित्तको १५% लाभांशको अंकुशलाई आवश्यकता अनुसार परिमार्जन गरिनेछ ।
३. सम्पत्ती व्यवस्थापन कम्पनी (Assets Management Company) खोल्न नीति तर्जुमा गरेर सम्बन्धित निकायमा पेश गरिने। यो कम्पनीले बैंक तथा वित्तीय संस्थाका एनपिएल नै किनेर व्यवस्थापन गरीदिने छ। बैंकहरु खराब कर्जा मुक्त हुनेछन् ।



