
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२–०८३ को मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । गभर्नर डा. विश्व पौडेलले सार्वजनिक गरिरहेको मौद्रिक नीतिको लागि विभिन्न आधार लिएको बताएका छन् ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय स्थिति, राष्ट्र बैङ्कको चौथौँ रणनीतिक योजनालाई आधार बनाइएको छ । पौडेलका अनुसार आगामी आर्थिक वर्षको बजेट र १६ औं राष्ट्रिय योजनालाई समेत आधार बनाएर मौद्रिक नीति बनेको हो ।
यस्तै नेपाल सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समिति, बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदलको सुझावको आधारमा नीति आएको पौडेलले बताए ।


