Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ऋण लगानी गर्दा अब ऋणीको ज्ञान, सिप र परियोजना विश्लेषण गर्नुपर्ने

२०८२ असार २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ऋणीहरुलाई ऋण दिँदा बैंकहरुले स्वनियमनमा रहेर ऋणीको ज्ञान, शिप र परियोजना विश्लेषण गर्नुपर्ने नीति अघि सारेको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै ऋणीहरुको ज्ञान, शिप र परियोजना विश्लेषणका लागि बैंकहरुले स्वनियमनमा रहेर काम गर्न सक्ने उल्लेख गरेका छन् ।

मौद्रिक नीतिमा उल्लेख गरिएको उक्त व्यवस्थाले अबदेखि ऋणीहरुले परियोजना, ऋणीको व्यवसाय क्षमता र ऋणीको शैक्षिक योग्यता तथा शिप समेतलाई विश्लेषण गरेर ऋण दिन सक्नेछन् । तर, त्यसको लागि कस्तो मापदण्ड बनाउने भन्ने बारे केही उल्लेख गरिएको छैन ।

गभर्नर पौडेलले कर्जा सम्बन्धी व्यवस्थालाई बैंक तथा वित्तीय संस्थालाई नै थप जिम्मेवार बनाउन आवश्यक रहेको सम्बन्धी नीति समेत अघि सारेका छन् ।