Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तरलता धेरै हुँदा पनि शिथिलता निम्तिनुको एउटा कारण बैंकको लाइसेन्स बन्द गरिनु होः नरबहादुर थापा

२०८२ असार २६ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले तरलता धेरै हुँदा पनि अर्थतन्त्रमा शिथिलता निम्तिनुको एउटा कारण बैंकको लाइसेन्स बन्द गरिनु रहेको बताएका छन् । आगामी मौद्रिक नीतिबारे अर्थ समितिमा बुधबार भएको छलफलमा थापाले तदर्थवादले मुलुक चल्न नहुने भन्दै देशलाई वाणिज्य बैंकमय बनाउनु गलत भएको बताएका हुन्। उनका अनुसार बैंकको लाइसेन्स बन्द गर्ने नीति गलत छ । नेपालले सित्तैमा अर्बौंको अर्बमा विदेशी मुद्रा पाइरहेको र नीति निर्माता मात्तिएको अवस्था रहेको उनले बताए । सरकारले वैकल्पिक वित्त कोषको व्यवस्था गर्नु राम्रो भएको बताउँदै यसको कार्यान्वयन गरिनुपर्ने बताए ।

थापाले भने,– ‘अर्थतन्त्र चलायमान छैन । निराशा छ । यो अवस्था आउनुको कारण राष्ट्र बैंक र सरकारले विभिन्न समयमा ल्याएका नीतिहरुको धक्का हो । यो मुलुक वाणिज्य बैंकमय भयो । वित्तीय क्षेत्र अधिक तरलता हुदा पनि अर्थतन्त्र चलायमान हुन नसक्नु कारण लाइसेन्स बन्द गरियो सोही कारणले हो यो खोल्नुपर्‍यो । बजेट आइसकेको छ, वित्त नीति, त्यसलाई सर्पोट गर्ने मौद्रिक नीति आउनुपर्छ ।’ उनका अनुसार आगामी मौद्रिक नीति बनाउँदा अर्थतन्त्रको संरचना हेरिनुपर्छ । उनले लगानी घटिरहेको देशमा उच्च आर्थिक वृद्धि कसरी हुनसक्छ भन्दै प्रश्न गरे ।