Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकले सर्वसाधारणलाई ऋण लिन सहज वातावरण बनाओस् : सन्तोष चालिसे

२०८२ असार २२ गते

बैंकिङ खबर/ प्रतिनिधिसभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले नेपाल राष्ट्र बैंकले सर्वसाधारणले सजिलै ऋण लिन सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा भएको समितिको बैठकमा बोल्दै चालिसेले हाल बजारमा देखिएको सुस्तीलाई अर्थतन्त्रका लागि खतरा ठहराउँदै आगामी मौदिक नीतिले यसलाई सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे ।

सभापति चालिसेले घरेलु उद्योगहरूलाई २० देखि २५ लाख रुपैयाँसम्म ऋण प्रवाह गर्न आवश्यक रहेको उल्लेख गर्दै भने, ‘बजारमा पैसा लैजान राष्ट्र बैंकले प्रभावकारी नीति ल्याओस्। हिजो ऋण लिएका मानिसहरू अहिले किन बैंक जान डराइरहेका छन् भन्ने विषयमा अध्ययन हुनुपर्छ। मौदिक नीतिले यसको जवाफ दिनुपर्ने हुन्छ।’

२०७२ सालको भूकम्पपछिको अवस्था पनि स्मरण गर्दै उनले पीडितलाई बैंकहरूले सहुलियत नदिएको र घरजग्गा बैंकमा अड्किएर धेरैले ऋण लिन हिम्मत गर्न नसकेको विषयमा चिन्ता व्यक्त गरे ।

‘बैंकमा ऋण लिन सक्ने अवस्था बनाउनुपर्ने हो, तर अहिले त मान्छेहरू बैंक जान नै डराउन थालेका छन्, यसको समाधान खोज्नुपर्छ,’ चालिसेले जोड दिए ।